काठमाडौं- साहस उर्जाको आईपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो ।
कम्पनीले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओमा बिक्री खुला गरेको थियो ।
कुल ७० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ ।
साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आइपीओ बिक्रीपछि यसको कुल सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया