काठमाडौं, साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार पहिरो गएको छ । गत हप्ता मंगलबारदेखि लगातार बढिरहेको बजार आज फेरी घटेको हो ।
आज नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा पुगेको छ । नेप्से २.१७ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ विन्दुमा पुगेको छ ।
कुल २३३ वटा कम्पनीको एक करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल १३ उपसमूहमध्ये म्यूचूअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहको सूचक घटेको छ ।
आइतबार अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ९५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै गुमाएका छन् ।
प्रतिक्रिया