काठमाडौं, साताको पहिलो कारोबारको दिन( आइतबार) कारोबार खुलेको पौने चार घण्टाको अवधीमा मनकामना स्मार्ट लघुवित्तको जम्मा १२० कित्ता शेयर खरिद बिक्री भएको छ ।
कम्पनीको पहिलो कारोबार रु.२९६.७० मा भएको थियो । कारोबारमा आए देखि हालसम्म कम्पनीको शेयरमुल्य उच्च वृद्धि हुदैं आज लगभग कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ रु.१ हजार ४४८.९० पुगेको छ ।
यस्तै, मार्केट डेपमा पनि कम्पनीको शेयर खरिदमाग उच्च रहेको छ । खरिदमाग उच्च हुदाँ पनि बिक्री माग भने उही शून्यको शून्य नै रहेको छ । आज यो समाचार तयार पर्दा सम्म (२ः५० मिनेट)मा २ लाख ८३ हजार ४०८ कित्ता खरिदमाग भएको हो ।
प्रतिक्रिया