कर्मचारी समायोजन,५२ हजार कर्मचारीको विवरण तयार

७ बर्ष अगाडि

काठमाडौं ।  सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ५२ हजार कर्मचारीको विवरण अद्यावधिक गरेको छ । राष्ट्रिय किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गरेको हो ।
निजामतीतर्फका ८९ हजारमध्ये किताबखानाले ५२ हजारको विवरण तयार पारेको हो । बाँकीको विवरण छिट्टै तयार पारिने किताबखानाले जानकारी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किताबखानाले तयार पारेको यही विवरणका आधारमा कर्मचारीको समायोजन गर्नेछ । मन्त्रालयले गत बुधबारै सार्वजनिक सूचनामार्फत कर्मचारीलाई समायोजन फाराम भर्न आह्वान गरिसकेको छ । २१ दिनको म्याद दिएको सरकारले त्यसलगत्तै कर्मचारीको समायोजन थाल्नेछ । राजधानी दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया