ताप्लेजुङ - ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ३ लिङ्खिमकी १८ बर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न आरोपी पक्राउ परिसकेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालनरसिंह राणाका अनुसार अनुसन्धानको क्रममा पक्राउ परेका एक व्यक्तिले घटना स्वीकार गरिसकेका छन् । प्रहरी नियन्त्रणमा रहेका उनै व्यक्तिलाइ मृतक पुष्पाका आफन्तले किटानी जाहेरी दिएका थिए ।
प्रहरीले पक्राउ पर्न नसकेको भन्दै मृतकका आफन्तले आइतवार बिहान पत्रकार सम्मेलन गरि, आन्दोलनमा जाने बताएका थिए । पुष्पाको शव फुङ्लिङ नगरपालिका ७ नम्बर वडास्थित सेती चौताराभन्दा तल भीरमा असोज ७ गते बिहान फेला परेको थियो ।
प्रतिक्रिया