मैलुङ खोलाको खरिदमाग उच्च हुदाँ बिक्रीमाग शून्य, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन(आइतबार) कारोबार खुलेको सवा दुई घण्टाको अवधीमा मैलुङ खोला जलविद्युत कम्पनीको उच्च खरिदमाग भएको छ ।

कम्पनीको १ लाख ७५ हजार १२२ कित्ता खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

यस्तै, कम्पनीको शेयरमुल्य ३.९७ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.२०१.७० पुगेको छ ।

यसैगरी,कम्पनीको शेयर कारोबार असोज ६ गतेबाट प्रतिकित्ता रू. १८६.५० मा खुला भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९५.७५ देखि रू. २८७.२५ तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया