कारोबारको दोस्रो घण्टा :  ३३.२६ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम ३ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) कारोबारको दोस्रो घण्टामा नेप्से परिसुचक ३३.२६ अंकले ओरालो लागेको छ । 

१ बजेसम्मको अवधीमा नेप्से परिसुचक ३३.२६ अर्थात १.१८ प्रतिशतले ओरालो लाग्दै २७८६.४९ को बिन्दुमा पुगेको हो । 

सो अवधीसम्ममा कारोबारमा आएका २२१ कम्पनीको ६७ लाख २३ हजार ७६२ कित्ता शेयर ३५हजार ३५३ पटकको कारोबारमा ३ अर्ब ५ करोड ६२ लााख रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

यस्तै, १ बजेसम्म कारोबारमा आएका २२१ कम्पनी मध्ये १५ कम्पनीको शेयरमुल्य बढेको छ भने १६६ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो । ४ कम्पनीको शेयरमुल्य भने स्थिर रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया