काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण हुने भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको एक महिना पछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत हुने भएको हो ।
लघुवित्तले साउन २७ गते देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भदौ ७ गते बाँडफाँट भएको थियो ।
आईपीओ बाँडफाँट भएको एक महिना पछि बल्ल शेयर सूचीकरणको अन्तिम चरणमा रहेको बिक्री प्रबन्धक एसविआई मर्चेन्ट क्यापिटलले जनाएको छ ।
एसविआई मर्चेन्ट क्यापिटका अनुसार आज या भोली नै कम्पनीको शेयर सूचीकरण हुनेछ । नेप्सेमा सूचीकृत भएपछि लघुवित्तको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
नेप्सेले लघुवित्तको नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेन्ज तोक्न सकिने व्यवस्था छ ।आर्थिक वर्ष २०७६र७७ मा लघुवित्तको नेटवर्थ १३२ रुपैयाँ ६९ पैसाँ रहेको थियो ।
त्यस अनुसार लघुवित्तको ओपनिङ्ग रेन्ज न्युनतम १३२ रुपैयाँ देखि ३९६ रुपैयाँसम्म प्रदान गर्न सक्ने देखिन्छ ।
प्रतिक्रिया