काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गरेका छन् ।
उनीहरूले जगदुल्ला गाउँपालिका-५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गरेका हुन् ।
सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उनीहरूले विद्यालयको उद्घाटन गरेका हुन् । उनीहरू हेलिकप्टरमा डोल्पा पुगेको खर्चमध्ये केही रकम जगदुल्ला गाउँपालिकाले व्यहोर्ने बताइएको छ ।
गैरीगाउँमा बनेको उक्त दलित आवासीय विद्यालयको भवनसँग उनीहरूले गाउँपालिकाको प्रशासकीय भवनको पनि उद्घाटन गरेका थिए । १ करोड ७० लाख लागतमा बनेको दलित आवासीय विद्यालयमा कर्णाली प्रदेश सरकारले ६० लाख लगानी गरेको छ । बाँकी १ करोड १० लाख रुपैयाँ गाउँपालिका आफैंले लगानी गरेको हो ।
एक वर्षमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको छ ।
प्रतिक्रिया