किर्ते मुद्दाका फरार अभियुक्त प्रहरीको फन्दामा, पत्नीको हत्या गर्ने युवक पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उदयपुर घर भई बसुन्धारा बस्ने राजु पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अदालतले उनलाई  ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । फैसला कार्यान्वयनका लागी उनलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए । ४० वर्षका पौडेल अदालतको फैसलापछि फरार थिए । 

यस्तै कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी ३५ वर्षीया लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो ।

पत्नी हत्यामा संलग्न प्रकाशलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खनालले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया