कारोबारको पहिलो घण्टा : ओरालो यात्रामा नेप्से, १४३ कम्पनीको शेयरमुल्यमा गिरावट

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन( आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक १३.६२ अंकले ओरालो लागेको छ । 

गत साता सामान्य अंकले बन्द भएको शेयर बजार यस साता कारोबारको पहिलो घण्टामा १३.६२ अर्थात ०.४८ प्रतिशतले ओरालो लाग्दै २८०६.१३ को बिन्दुमा पुगेको हो । 

सो अवधीसम्ममा कारोबारमा आएका २११ कम्पनीको ३८ लाख ४७ हजार ९४५ कित्ता शेयर २० हजार २६३ पटकको कारोबारमा १ अर्ब ८० करोड ५५ लााख रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

यस्तै, १२ बजेसम्म कारोबारमा आएका २११ कम्पनी मध्ये ३४ कम्पनीको शेयरमुल्य बढेको छ भने १४३ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो । ६ कम्पनीको शेयरमुल्य भने स्थिर रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया