काठमाडौं - ललितपुर, सुनसरी, सप्तरी र सर्लाहीमा शनिबार चारजना मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको ललितपुर महानगरपालिका–८, कुटि शौगल डेरा गरी बस्ने स्थायी वतन नखुलेका ५५ वर्षीय बालकृष्ण अवा आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको दुहबी नगरपालिका–१२, बुगडहरीस्थित खहरे खोलाको कल्भर्टमा सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षीय सुनील चौधरी मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाडो खोलानजिक रहेको सार्वजनिक पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीको मलंगवा नगरपालिका–७, गणेशियास्थित नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस्तै बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।
उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।
प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ ।
प्रतिक्रिया