काठमाडौं - रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो ।
इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ । १६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी ९पीआइबीए०ले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।
इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए ।
प्रतिक्रिया