काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक लिमिटेडले संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै १४ लाख १४ हजार ३४ कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन बैंकले आग्रह गरेको छ ।
निवेदन बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि पेश गर्नु पर्ने छ । त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया