प्रि-ओपन सेसन : साढे १६ अंक बढ्यो नेप्से, २५ कम्पनीको शेयर कारोबार

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार साताको पहिलो कारोबारको दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ ।

गत बिहीबार २.७० अंक बढेर २८१९.६५ विन्दुमा बन्द भएको बजार आज सो सेसनमा १६.६२ अंक बढेर २८३६.३६ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ४.३७ अंक बढेको छ ।

आज प्रि-ओपन सेसनमा २५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया