काठमाडौं - कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । कतारले खोप लगाएका विदेशी पर्यटकले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ ।
यसअघि खोप लगाएकाले १० दिने होटल क्वारेन्टाइन बस्नु पर्ने समयावधि घटाइएको हो । यद्यपि होटल छाड्नअघि पीसीआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने भएको छ । रिपोर्टमा नेगेटिभ देखिएको तथा एण्टिबडी टेस्टमा पोजिटिभ देखिए मात्रै निर्वाध हिँडडुल गर्न दिइने हामद मेडिकल कर्पोरेशनले जनाएको छ ।
नयाँ नियम कतार बाहिरबाट यहाँको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको खोपहरू लगाएका आफ्ना नागरिकमा पनि लागु हुने कर्पोरेशनले जनाएको छ ।
प्रतिक्रिया