काठमाडौं - श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । मिति २०७८ साल भाद्र ३० गते बसेको कम्पनीको बैठकले गरेको निर्णय अनुसार कम्पनीले सभा कार्तिक ४ गते हुनेछ ।
सभा अकमा होटेल धुम्बाराही काठमाडौंमा बिहान ११ बाजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभाले कम्पनीको सञ्चालक समितिबाट प्रस्तुत गरिएको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने छ ।
त्यस्तै, आव २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहित २०७८ साल असार मसान्त सम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सम्बन्धी छलफल गरि पारित गर्ने छ । यस्तै आव २०७८/७९ को लेखा परीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गरि पारित गर्ने छ ।
प्रतिक्रिया