बेलायतमा पेट्रोलियम पदार्थको अभाव

४ बर्ष अगाडि

एजेन्सी - बेलायतमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । बजारमा पेट्रोल पम्प प्रायः बन्द गरिएका छन् । 

यहाँ पेट्रोल नभएर पेट्रोल अभाव भएको भने होइन । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरुको अभावका कारण पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थहरुको अभाव भएको बताइएको छ । 

सरकारले पेट्रोलियम पदार्थ ढुवानी गर्न आउट सोर्सिङ क्षेत्रबाट चालकहरु लिने गर्दछ । तीनै चालकहरुको अभावका कारण बजारका बीपी र टेस्कोस्थित पेट्रोलपम्पहरुमा पेट्रोलियम पदार्थहरुको अभाव देखिएको हो । 

पेट्रोलियम पदार्थ अभावले गर्दा यहाँको ब्यापार व्यवसायसमेत प्रभावित भएको छ । यसको असर यहाँस्थित नेपाली समुदायका व्यवसायीहरुमा पनि परेको नेपाली व्यवसायीहरुले बताएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया