विद्युतीय गाडीको आयात ह्वात्तै बढ्यो, २ महीनामा साढे ४४ करोडको आयात

४ बर्ष अगाडि

काठमाडौं - विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो २ महीनामा करीब साढे रू. ४४ करोडको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा रू. ४४ करोड २ लाखको १४२ ओटा जीप, कार र भ्यान आयात भएको छ । 

अघिल्लो आव २०७७/७८ को १२ महीनाको अवधिमा जम्मा २४९ ओटा मात्रै विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए । उक्त अवधिमा नेपालमा रू. ६५ करोड ७८ लाखको विद्युतीय जीप, भ्यान र कार आयात भएको थियो । आव २०६६/६७ मा विद्युतीय गाडीको आयात संख्या ६ सयभन्दा बढी थियो ।

सरकारले आर्थिक अध्यादेश २०७८/७९ मार्फत विद्युतीय गाडीमा अन्तःशुल्क पूर्ण रूपमा हटाउनुका साथै भन्सार पनि घटाएको थियो । सरकारले विद्युतीय गाडी आयातमा सहजीकरण गरेपछि व्यवसायीमा उत्साह थपिएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया