नेपाली बजारमा फक्सवागन टाइगुन एसयूभी सार्वजनिक हुँदै, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - बहुप्रतीक्षित फक्सवागन टाइगुन एसयूभी नेपाली बजारमा भित्रने भएको छ । मिडसाइज एसयूभी फक्सवागन टाइगुन डाइनामिक लाइन र पर्फमेन्स लाइन गरी दुई फरक भेरिएन्ट लाइनमा उपलब्ध यो गाडी दशैं लक्षित गर्दै नेपाली बजारमा प्रवेश गर्ने भएको हो ।

एसयूभी फक्सवागन टाइगुन डाइनामिक डाइनामिक लाइनमा तीन ट्रिम लेभल कम्फर्टलाइन, हाइलाइन र टपलाइन हुनेछन् भने पर्फमेन्स लाइनमा जीटी र जीटी प्लस गरी दुई ट्रिम लेवल हुनेछन् ।

फक्सवागन टाइगुनमा कम्पनीको क्रोम ग्रिलका साथ चौकोर एलईडी हेडल्याम्प, डीआरएल, एलईडी टेललाइटका साथ १७ इन्चको अलोय ह्विल तथा चारैतिर प्लास्टिक क्लेडिङ दिइएको छ । 

कम्पनीको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा तयार गरिएकोले कम्पनीको डिजाइन ल्यांग्वेज यसमा अनुभव गर्न सकिन्छ । यसमा ब्ल्याक कलरको हनीकम्ब ग्रिल छ, जुन क्रोम स्लेटका साथ आउछ । यसमा सार्क फिन एन्टेना, रुफ रेल, ड्युअल टोन ओआरभीएम आदि दिइएको छ ।

गाडीमा वायरलेस चार्जर, रियर एसी भेन्ट्स, फ्रन्ट तथा रियर स्मार्टफोन चार्जिङ पोर्ट, सेन्ट्रल आर्मरेस्ट, क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, रेड एम्बिएन्ट लाइटिङ, स्मार्ट टच क्लाइमेट्रोनिक अटो एसी आदि फिचर समेत उपलब्ध छन् ।

भारतीय बजारमा फक्सवागन टाइगुनको मूल्य १० लाख ५० हजार देखि १७ लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ । विभिन्न पाँच कलर अप्सनमा यो एसयूभी उपलब्ध रहेको यो गाडी नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको गाडी हो ।

नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले नेपाली बजारमा फक्सवागन टाइगुन आगामी असोज दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालमा यसको मूल्य ५२ लाख देखि ७३ लाख रुपैयाँ सम्म पर्ने अनुमान गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया