काठमाडौं - साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको रियाद सहरमा रहेको अल एन्जाज ट्रेन्डिङ एण्ड कन्ट्राक्टिङ कम्पनीले ५२ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ५६ हजार माथिदेखि ७८ हजार माथि पाउनेछन् । इच्छुक कामदारले टोकियो ओभरसिज प्रालिको कार्यालय काठमाडौंमा असोज १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया