काठमाडौं - नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् । एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !’
नेता गौतमले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको बताए । केपी ओलीको नेतृत्वमा आफू बस्न नसक्ने उनले दोहोर्याए । उनी भन्छन्, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला । त्यो खेल भएको हुन सक्छ ।’
नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए । तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन ।
प्रतिक्रिया