मलेसियामा बसेका नेपालीलाई अवैध भएर नबस्न आग्र, डिसेम्बरको अन्त्यसम्म स्वदेश फर्कन निर्देशन

४ बर्ष अगाडि

काठमाडौं - मलेसियाले बसेका नेपालीहरुलाई नेपाली दूतावासले अवैध भएर नबस्न आग्रह गरेको छ ।

बिदेशी कामदारलाई दिएको मौका ‘रिक्यालिब्रेशन’ कार्यक्रम डिसेम्बरको अन्त्यसम्म जारी रहेकाले त्यसबेलासम्म आवश्यक कागजात मिलाएर बैधानिक बाटो समाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको हो ।

बैध कागजात नहुँदा धेरै नेपाली कामदार जेल पर्ने गरेको पाइएको भन्दै समयमै मलेसिया सरकारले प्रदान गरेको अवसरको फाइदा लिन उनले आग्रह गरेका छन् । 

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिरी ट्राभल डकुमेन्ट बनाएर पनि स्वदेश फर्किन सकिने उनले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया