काठमाडौं - यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न तीन कम्पनीको शेयर सूचिकृत भएको छ । सूचिकृत हुनेमा नेपाल ल्युब आयल, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र रुरु जलविद्युत परियोजना लिमिटेड रहेको छन् ।
१. नेपाल ल्युब आयल
नेपाल ल्युब आयलको १० प्रतिशत बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २९ हजार १०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
२. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार ४ सय ३० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
कुल निष्कासन गरेको आईपीओ मध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।
गोलाप्रथाबाट गरिएको बाँडफाँडमा सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरु मध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए ।
३. रुरु जलविद्युत परियोजना लिमिटेड
रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर मूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीले आज प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन भएको हो ।
नेप्सेले कम्पनीको हिजो कायम अन्तिम सेयर मूल्य १३२७ रुपैयाँका आधारमा सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य १२०६ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया