काठमाडौं - युएईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको सरजाह सहरमा रहेको apleona sam facilities manacement llc (SANED) कम्पनीले ३७८ पुरुष र ४६ महिला गरि जम्मा ४२४ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ५१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले al secure manpower recruitment p.ltd.को कार्यालय सिनामंगल काठमाडौंमा असोज १५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया