ताप्लेजुङका यातायात व्यवसायीहरूका संस्थाहरूले अब यात्रुको भ्रमण, प्रस्थान बिन्दु र गन्तब्यको जानकारीसहितको विवरण नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्ने भएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) उमेश पाण्डेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायीहरूले निर्धारित भाडादर, यात्रुको भ्रमण प्रस्थान बिन्दु र गन्तब्यको जानकारीसहितको विवरण प्रहरी कार्यालयमा पठाउनु पर्ने निर्णय गरेको हो ।
बैठकमा पाण्डेले कम्तिमा छठ पर्वसम्म अहिले कायम रहेको भाडादरमा वृद्धि नगर्न र साविककै प्रचलित दरलाई कार्यान्वयन गर्न यातायात व्यवसायीलाई अनुरोध गरेका छन् । बैठकले सिट क्षमता भन्दाबढी यात्रु नराख्ने, कोरोना महामारी नियन्त्रण तथा थप बढ्न नदिने उपाय स्वरुप जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नेसमेत निर्णय गरेकोे छ ।
पाथीभरा देवीको दर्शन गर्न आउने तिर्थयात्रीको दर्शन यात्रालाई सहज बनाउन यातायात व्यवसायीहरूसँगको समन्वय र सहकार्यमा सहयाता कक्ष स्थापना गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया