इजरायल रोजगारी : लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनालाई परीक्षामा सहभागी हुन मौका

४ बर्ष अगाडि

काठमाडौं - रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो ।   

विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तवार्ता अवधिभरलाई अवसर दिइएको छ । 

छुटेका परीक्षार्थी आजसम्म आवेदन लिएर शनिबारसम्म अन्तरवार्तामा सहभागी हुन पाउने भएका हुन् । इजरायल रोजगारीका लागि आवेदन खुलाइएपछि इच्छुक व्यक्ति आफैँले शैक्षिक योग्यता, उचाइ, तौललगायतका जानकारी भर्न लगाइएको थियो । 

नौ हजार ६९९ जनाले फाराम भरेकामा दुई हजार ७९० जनाको कागजात नपुगेको विभागले जनाएको छ । विभागले परीक्षा सञ्चालन गर्दा छ हजार ३१७ सहभागी भएका थिए । परीक्षार्थीको उचाइ कम्तीमा पाँच फिट र तौल कम्तीमा ४५ किलो हुनुपर्ने व्यवस्था थियो । लिखित परीक्षामा उत्तीर्ण १८६ जनाको तौल र उचाइ नपुगेको विभागले जनाएको छ । 


 


 

४ बर्ष अगाडि

प्रतिक्रिया