काठमाडौँ – नेपाली काँग्रेसको महासमिति बैठक हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । न कुनै राजनीतिक प्रतिवेदन, न कुनै कार्यक्रम , त न कुनै योजना नै महासमिति बैठक सकिएको छ । बैठकका लागि काठमाडौँ आएका महासमिति सदस्यले सुन्धारा र बागबजारमा बसेको होटलको भाडा र खाना खर्च नतिरेको भन्दै उजुरी परेका छन् । महासमितिको बैठकमा आएका नेता तथा कार्यकर्ताले होटलमा बसेर मोजमस्ती गरेको बिल चुक्ता नगरेको भन्दै विभिन्न जिल्लाका नेताका नाममा होटल साहु जीहरुले पार्टी केन्द्रीय कार्यालयमा बिल पठाएको र भुक्तानीका लागि आग्रह गरेको सुन्धाराका एक व्यवसायीले बताए ।
महासमिति बैठकमा आएका कार्यकर्ता बसेका होटलमा रक्सीको ब्राण्ड जति सकिएका थिए । एउटै होटलले मात्रै २० लाख बढीको रक्सी बेचेको सुन्धाराका होटल व्यवसायी बताउँछन् । तर पैसा नपाएका कारण उनीहरु यतिखेर टाउकोमा हात लगाएर बस्न वाध्य भएका छन् । लोकतान्त्रिक पार्टीका नेता भन्दै धोक्नुसम्म रक्सी धोके तर पैसा भने नतिरी हिडे ती होटल व्यवसायीको गुनासो छ । यस बारेमा काँग्रेस पार्टी कार्यालयमा सम्पर्क गर्दा केही स्थानबाट गुनासो आएको स्वीकार गरेको छ । हामीले आफूखुसी बस्ने व्यवस्था मिलाउन भनेका थियौ, केही स्थानमा बिल भुक्तानी नभएको हुन सक्छ, त्यो खासै ठूलो समस्या होइन, काँग्रेस पार्टी कार्यालयका एक पदाधिकारीले भने ।
विशेष गरी पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुलाई भने देउवा पत्नी आरजूले रकमको प्रबन्ध गरेकी थिइन । तर महामन्त्री शंसाक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई भने कोही कसैले पनि पैसा दिएका थिएनन् । त्यसो त महासमिति बैठकमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै पौडेल पक्षका बाँकी रहेका नेता तथा कार्यकर्ताले समेत उनको साथ छाडेका छन् । कागती बाजेको पारा मच्चियो, मच्चियो थच्चियो भने जस्तै देखियो । उनलाई साथ दिँने हो भने कुनै पनि स्थानमा पुग्न सकिदैन, तनहुँकै एक महासमिति सदस्यले भने । त्यसो त काँग्रेसको महासमिति बैठकले मन माझेको दावी गरिएपनि गुटगत मानसिकता अभै मौलाएर गएको पाइएको छ । सभापतिमा उठ्ने शंसाक कोइरालाको घोषणा बाहेक महासमिति बैठकमा अरु केही नभएको नेताहरुको भनाइ छ ।
प्रतिक्रिया