बहराइनमा १५ महिला सहित ५५ कामदारको माग, मासिक तलब र सुविधा के कति ?

४ बर्ष अगाडि

काठमाडौं, बहराइनको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । बहराइनको EVERFINE TRADING W.L.L कम्पनीले १५ महिला सहित ५५ जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ४० हजारदेखि ४६ हजार माथि पाउनेछन् । इच्छुक कामदारले NAUKARI NEPAL RECRUITMENT SERVICE PVT.LTD  काठमाडौंमा असोज १५ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया