काठमाडौंमा एभोकाडो चोरको बिगबिगी, पूर्व आईजीपीकहाँ चोरेपछि पक्राउ

४ बर्ष अगाडि

काठमाडौंमा एभोकाडो चोरको बिगबिगी रहेको खुलेको छ । पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरी भएपछि खोजी गर्ने क्रममा एभोकाडो चोरको बिगबिगी नै भएको पत्ता लागेको हो । 

प्रहरीले बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ गरेको छ । उनीहरुले बुद्धनगर, बानेश्वर, थापागाउँ, नक्शाल, चन्डोल लगायतका स्थानमा व्यक्तिले आफ्नो वरिपरि लगाएका एभोकाडो चोरेर बेच्ने गरेको खुलाएका हुन् । 

नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा रामेछापका सन्जिव खड्का, मकवानपुरका रोज राई, काभ्रेका यमबहादुर तामाङ, मकवानपुरका राजीव गुरुङ, काभ्रेका देव तामाङ, रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, काभ्रेका समीर तामाङ, मोहित दाहाल, प्रदीप यादव, शंकर खडायत लगायतलाई पक्राउ गरेको हो । 

अनुसन्धानको क्रममा उनीहरु तीन वर्षदेखि चोरीमा संलग्न रहँदै आएको पाइएको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया