काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ५७५ र एन्टिजेन विधिबाट ५ हजार ११५ गरि कुल १५ हजार ६९० जनाको परीक्षण गर्दा १ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ५५० जना निको भएका छन् भने थप ९ जनाको मृत्यु भएको छ । यो संगैं मुलुकभर ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ८१ जनाको मृत्यु भएको छ ।
हाल देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया