काठमाडौं, आज काठमाडौं 'किङ्गस ११' ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि पत्रकार सम्मेलन मार्फत आफ्नो टीम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुुन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा 'काठमाडौं किङ्गस ११' का कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टीमका पूर्वकप्तान शाहिद अफ्रिदी सहित टीमहरुको छोटो परिचयात्मक जानकारीका साथ सार्वजनिक गरेका हुन् ।
पूर्ण अनूभवी, क्षमतावान् 'काठमाडौं किङ्गस ११' टीम एभरेष्ट प्रिमीयर लिगको उपाधीको दावेदारीका साथ मैदानमा उत्रिन तयार रहेको छ । उक्त पत्रकार सम्मेलनमा 'काठमाडौं किङ्गसक ११' ले जर्सी नं सहित आफ्ना खेलाडीहरुको घोषणा गरेको छ । पाकिस्तानी राष्ट्रिय टीमका पूर्व कप्तान तथा धमाकेदार व्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नं.१० लागाएर खेल्ने छन् भने यस्तै ख्यातिप्राप्त अर्को अन्तराष्ट्रिय खेलाडी जनप्रकाशले १६ नं.कोे जर्सी लगाएर खेल्ने छन् । अफगानी सशक्त व्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नं.को जर्सी लगाउने छन् । 'काठमाडौं किङ्गस ११' का कप्तान अन्तराष्ट्रिय स्तरमा नै आफ्नो बलिङ्ग प्रतिभा प्रदर्शन गरिसकेका सन्दिप लामिछानेले भने जर्सी नं २५ लगाउने छन् ।
६ टीमले प्रतिस्पर्धा गर्ने यो ईपीइल यही असोज ९ गते देखि असोज २५ गतेसम्म कीर्तिपुरको टीयु मैदानमा हुदैँछ । 'काठमाडौं किङ्गस ११' ले पहिलो चरणमा असोज ९ गते ललितपुर पाट्रीएट्स, असोज ११ गते विराटनगर वारियर्स, असोज १२ गते पोखरा राइनोजसंग, असोज १४ मा चितवन टाइगर्स र असोज १६ गते भैरहवा ग्लाडिएर्टससंग प्रतिस्पर्धा गर्नेछ । विगतका वर्षहरुमा पनि उत्कृष्ट खेल प्रदर्शन गरी सबै दर्शकमाझ लोकप्रियता कमाएको 'काठमाडौं किङ्गस ११' ले यस पटक पनि उत्कृष्ट टोलीका साथ रोमाञ्चक खेल प्रदर्शन गर्ने दावी गरेको छ ।
प्रतिक्रिया