काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको प्रगति बिवरण बुझ्न कञ्चनपुर पुगेका छन् ।
आईतबार विहान खनाल अपराध अनुसन्धानमा काविल मानिएका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम लिएर कञ्चनपुर पुगेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
खनालले केहीदिनअघी प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जत्तिसुकै शक्तिशाली भएपनी निर्मलाको हत्यारालाई कारवाही गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
राष्ट्रिय सभाको दिगो विकास तथा शुसासन समितीमा निर्मलाको हत्यारा पक्राउ नपर्दा आफुलाई निन्द्रा समेत नपर्ने गरेको बताएका खनालले निर्मला हत्या अनुसन्धान रिपोर्ट आफैंले प्रत्यक्ष लिँदै आएका छन् ।
महानगरीय अपराध महाशाखामा कार्यरत डिएसपी कुँवर सहित अपराध अनुसन्धानमा काविल आनिने प्रहरी नायव निरीक्षक (सई) गजेन्द्र रावललाई पनी आईजिपी खनालले निर्मला हत्याको अनुसन्धामा समावेश गरेका छन् ।
आईतबार विहान कैलाली स्थित नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण गरेका खनालले त्यहाँ कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका थिए ।
मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ गरेका खनालले त्यहँका स्थानि महिला, समाजसेवी तथा अधिकारकर्मीसँग अन्तरक्रिया गरेका छन् ।
केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी निरज शाही नेतृत्वको जम्बो टोलीले निर्मला पन्त बलात्कार–हत्याबारे लामो समयदेखी अनुसन्धान गरिहरेको भएपनी नतिजा आउन सकेको छैन् ।
प्रतिक्रिया