काठमाडौं - नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजना पक्राउ परेका छन् । उनलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।
शुक्रबार बिहान अवलोकन गर्ने पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हात समेत काटिएको छ ।
श्रीपेच निकाल्न खोज्ने घर्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बुडाइएको जनाइएको छ ।
प्रतिक्रिया