काठमाडौं - यस पटक धौलागिरिमा दुई कीर्तिमानका लागि प्रयास गरिँदै छ । नेपाली महिला टोली पहिलो पटक धौलागिरि आरोहणको कीर्तिमानको तयारीमा छ ।
पूर्णिमा श्रेष्ठ, पासाङल्यामु शेर्पा र माया शेर्पा आरोहणको तयारीमा छन् । उक्त टोलीले अघिल्लो याममा अन्नपूर्ण हिमालको कीर्तिमानी आरोहण गरेको थियो । नेपाली महिलाले अहिलेसम्म धौलागिरिको आरोहण गर्न सकेका छैनन् ।
यस्तै सबैभन्दा बढी उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाउने प्रयास समेत यस पटक गरिँदै छ । स्पेनका ८२ वर्षीय कार्लोस सोरिया सो कीर्तिमान बनाउने प्रयास गर्दै छन् । उनी सेभेन समिटको व्यवस्थापनमा धौलागिरि आरोहणका लागि आधार शिविर पुगीसकेका छन् । धौलागिरि हिमाल आरोहण गर्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११औँ पटक प्रयास गर्दा पनि धौलागिरिको शिखरमा पाइला राख्न सकेका छैनन् ।
गत वैशाखमा समेत कार्लोसले धौलागिरि आरोहणको प्रयास गर्नुभएको थियो । कार्लोसले आफ्नो ६० देखि ८२ वर्षको उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजङ्गा, अन्नपूर्णसमेत आठ हजार मिटर अग्ला १२ हिमालको अरोहण गरिसक्नुभएको छ । कीर्तिमानको प्रयासमा रहेका दुवै टोलीले यही असोज २९ गतेसम्ममा धौलागिरि आरोहण गरीसक्ने योजना बनाएको छ ।
प्रतिक्रिया