मध्यभोटेकोशी जदविद्युतको आईपीओ बाँडफाडँ कहिले, यस्तो छ तयारी

४ बर्ष अगाडि

काठमाडौं, बहुचर्चित मध्यभोटेकोशी जदविद्युत कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाडँ कहिले हुन्छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ । लगानीकर्ताको यही चासो मेटाउनका लागि हामी कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड संग कुरा गरेका थियौं ।

हाल आईपीओको प्रि अलोमेन्ट सम्पन्न भइसकेको छ र अब एक साता भित्र आईपीओ बाँडफाड गर्न तयारी रहेको क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले साउन ५ गते देखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 

कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ ,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानीयका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको हो  ।

कम्पनीको आईपीओमा आवेदनको अन्तिम दिन साउन ३२ गतेसम्म १ लाख १ हजार २८ आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७८० कित्ताका खरिद माग भएको छ। यो हिसाबले यो आईपीओमा मागभन्दा ३.२२ बढी आवेदन परेको छ। 

कम्पनीले गत साउन ५ गतेबाट पहिलो चरणको आईपीओ निष्कासन गरेको थियो। गत साउन १७ गते आईपीओ निष्कासन बन्द गरिनुपर्नेमा आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेको साउन ३२ गतेसम्म आवेदन दिने समय थपिएको थियो। 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया