काठमाडौं, सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक ११ गते, बिहीबार वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभा सेलिब्रेसन हाईट सुकेधारा चोक, काठमाडौँ र भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन हुनेछ । कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया