यूएईमा नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला

४ बर्ष अगाडि

काठमाडौं - यूएईले कामदार अभाव भएपछि नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । खालिज टाइम्सले यूएईले विश्वका सबै मुलुकका नागरिकहरुका लागि शसर्त रोजगार, भ्रमण  र पारिवारिक भिसा खुला गरेको जनाएको छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि रात्रीकालीन मनोरञ्जका क्षेत्रमा पनि खुकुलो बनाएको यूएईले आर्थिक गतिविधिमा पनि तिव्रता ल्याउन लागेको बताइएको छ । 

नेपालसहित भारत, लाइबेरिया, नामिविया, नाइजेरिया, पाकिस्तान, सियरा, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको यूएईले हाल प्रतिबन्ध फुकुवा गरिसकेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया