एजेन्सी - कतारको अपराध अनुसन्धान विभागले ठूलो परिमाणमा रकमसहित एक एशियाली नागरिकलाई पक्राउ गरेकोे छ । ती नागरिकले व्यवसाय गर्ने अनुमानि बिना नै लगानी र अन्य आर्थिक कारोबार गर्ने गरेक कतारको अपराध अनुसन्धान विभागले जनाएको छ ।
कतारको आन्तरिक मन्त्रालयका अधिकारीहरूले उक्त व्यक्तिको निवासमा छापा मारी पक्राउ गरेका हुन् । कतारी अधिकारीहरूले उनको निवासवाट कतारी रियालसहित ठूलो परिमाणमा विदेशी मुद्रासमेत जफत गरेको जनाएको छ ।
उनको साथबाट कार, मोटरसाइकल लगायतका महँगा उपकरणहरू समेत जफत भएका छन् ।
प्रतिक्रिया