काठमाडौं, सरकारले महान चाड दशैंरतिहारको लागि लामो दुरी यातायातको अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खुलाउने भएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागबीच भएको छलफलमा असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ निर्णय भएको हो ।
यातायात व्यवस्था विभागसँग भएको दुई चरण छलफलमा यातायात व्यवसायीले गत बर्षको जस्तै यात्रुको चाप कम हुने आंकलन गरेका छन ।
यातायात व्यवस्था विभाग भने गत बर्ष दशैंका बेला नै बन्दाबन्दी रहेको तर, यो पटक कोरोना भाइरस महामारी पनि घटेको अवस्थामा यात्रुको चाँप पनि बढ्ने अनुमान छ ।
दशैंका मनाउन लागी काठमाडौं उपत्यकाबाट लामो तथा छोटो दुरीका करिब २० लाख मानिस घर फर्किने गरेका छन ।
प्रतिक्रिया