पहिलो महिनामा सेवा आय रु.१० अर्ब बढी घाटामा, भ्रमण आय ११८.६ प्रतिशतले वृद्धि

४ बर्ष अगाडि

काठमाडौं- आर्थिक वर्षको पहिलो महिनामा सेवा आय रु.१० अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब ९ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

यस्तै, सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ११८.६ प्रतिशतले वृद्धि भई रु.१ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६० करोड ८० लाख रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २१७.९ प्रतिशतले वृद्धि भई रु.५अर्ब १२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.३ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.१ अर्ब ६१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.१ अर्ब ४१ करोड रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया