शेयर बजार झिनो अंकले बढ्यो,७.७२ अर्ब बराबरको कारोबार भएको बजारमा सानिमा बैंकको सर्वाधिक कारोबार

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) शेयर बजार झिनो अंकले बढेको छ । 

आज नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ मा पुगेको छ । नेप्से ०.१० प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेर ५३०.०२ मा पुगेको छ ।

कारोबारमा आएका कूल २२८ वटा कम्पनीको एक करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बैंक र फाइनान्सबाहेक बाँकी ११ वटा उपसमूहको सूचक घटेको छ । 

आज सानिमा बैंकले सर्वाधिक कारोबार गर्दै अग्रर स्थानमा रहेको छ । कम्पनीले रु.३४ करोड १५ लाख बराबरको शेयर कारोबार गरेको हो 

४ बर्ष अगाडि

प्रतिक्रिया