कोभिड १९ को कारण लामो समयदेखि बन्द भएका काठमाडौंका विद्यालय असोज ९ गतेदेखि खुल्ने भएका छन् ।
काठमाडौं महानगरपालिकाको शिक्षा शाखाको बैठकले असोज ९ गते आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
तर विद्यालय खोल्नको लागि भने अविभावकको सहमति लिनुपर्ने छ ।
शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीका अनुसार अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ । विद्यालयले बुझाएको कार्ययोजना अनुसार महानगरले भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिनेछ ।
त्यसैगरी विद्यालय खोल्नका लागि शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले अनिवार्य खोप पनि लगाएको हुनुपर्नेछ ।
यी सहित महानगरपालिकाले विभिन्न २७ मापदण्ड वटा मापदण्ड बनाएको छ । ति मापदण्ड अनिवार्य लागू गरेपछि मात्र विद्यालय खोल्न पाइने शाखा प्रमुख सुवेदीले बताए ।
यदि विद्यालयमा विद्यार्थी संख्या ठूलो भएको वा अभिभावक डराएको अवस्थामा विद्यालय खोल्न अनिवार्य नगरिएको पनि सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया