काठमाडौं- मैलुङ खोला जलविद्युत कम्पनीको कारोबारमा आएको दोस्रो दिन ४३ कित्ता शेयर खरिदबिक्री भएको छ ।
हिजो बुधवारदेखि प्रतिकित्ता रू. १८६.५० मा कारोबार खुला भएको कम्पनीको साताको अन्तिम कारोबारको दिन ४३ कित्ता शेयर कारोबार भएको हो । उक्त कित्ता शेयर कारोबार हुदाँ ८ हजार १८४ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, कम्पनीको शेयरमुल्य ४.०२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.१९४ पुगेको छ ।
कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू.९५.७५ देखि रू. २८७.२५ तोकेको थियो । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
प्रतिक्रिया