सानिमा बैंकको ६ लाख बढी कित्ता खरिदबिक्री, शेयरमुल्य रु.५२८ पुग्यो

४ बर्ष अगाडि

काठमाडौं, बिहीबार कारोबारको खुलेको पौने चार घण्टाको अवधीमा सानिमा बैंकको करिब ६ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । 

सो अवधीसम्म कम्पनीको ५ लाख ९७ हजार ४६३ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त कित्ता खरिद बिक्री हुदाँ कम्पनीको ३१ करोड ९७ लाख १२ हजार बराबरको शेयर कारोबार भएको छ । 

यस्तै, कम्पनीको ३.५३ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.५२८ पुगेको छ । 

कम्पनीको मार्केट डेपमा कम्पनीको २ लाख ६ हजार ८५० कित्ता खरिदमाग भएको छ भने १ लाख ७५ हजार ३६३ कित्ता बिक्री माग भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया