काठमाडौं । नेपाल राष्ट्र बैंकले सहायक द्धितिय कानून पदको लिखित परिक्षाका लागि परिक्षा केन्द्र तोकेको छ ।
लोक सेवा आयोगले सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकको सहायक द्धितिय कानून पदको २०७७ पुस ३ गते प्रकासित गरिएको विज्ञापनको परिक्षा केन्द्र तोकिएको हो ।
बैंकका अनुसार तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरुमा कुनै पनि उम्मेदवारहरुलाई सम्मेलित गराइने छैन । तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा करीबमा एक घण्टा अगावै पुग्नु पनेछ।
प्रतिक्रिया