काठमाडौं, नेपाल प्रहरीले तास खेलिरहेको अवस्थामा १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा बिहीवार बिहान १३ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई रू. १८ लाख ७५ हजार ५०० नगद र सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रतिक्रिया