काठमाडौं- डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २० औं वार्षिक साधारण सभा असोज २३ गते बस्ने भएको छ । सभा चितवन गार्डेन रिसोर्ट, चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि डिप्रोक्सले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५३५ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । डिप्रोक्सले हाल कायम १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया