काठमाडौं - नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तब्य मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल गएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन् ।
मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ । मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकासहित पाँच देशहरूलाई प्रतिबन्ध लगाएको थियो ।
मलेसियाको दीर्घकालीन भिसा भएर पनि मलेसिया जान नपाएका, मलेसियामा बसोबास गर्ने स्थायी आप्रवासी, मलेसिया सरकारले भिसा जारी गरेका नेपालीहरुले प्रवेश पाउने छन् ।
प्रतिक्रिया