प्रि-ओपन सेसन: साढे १६ अंक बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं - आज विहिबार साताको अन्तिम कारोबारको दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १०४.८८ अंक बढेर २८१६.९५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १६.५७ अंक बढेर २८३३.५२ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ५.०३ अंक बढेको छ ।

आज प्रि-ओपन सेसनमा ४४ कम्पनीको शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ । 

साथै २ कम्पनीको शेयरमूल्य घटेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया